Kathmandu Press

बुबाले चलाएको ट्याक्टर किच्दा बालिकाको मृत्यु

झापा, माघ १५ : कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरुची दुलाल रहेकी छन्। बुबा बालकृष्णले...
बुबाले चलाएको ट्याक्टर किच्दा बालिकाको मृत्यु
Hardik ivf

झापा, माघ १५ : कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरुची दुलाल रहेकी छन्। 

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन्। घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते भएकी हुन्।

उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोे थियो। उनको उपचारकै क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। 

प्रकाशित मिति: १६:०४ बजे, शनिबार, माघ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्