Kathmandu Press

युवा संघ नेपालद्वारा उपत्यकाका विभिन्न स्थानमा रक्तदान

काठमाडौं, माङ १५ : युवा संघ नेपालले उपत्यकाका विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।एमालेका अध्यक्ष केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै युवा संघले...
युवा संघ नेपालद्वारा उपत्यकाका विभिन्न स्थानमा रक्तदान

काठमाडौं, माङ १५ : युवा संघ नेपालले उपत्यकाका विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

एमालेका अध्यक्ष केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै युवा संघले रक्तदान कार्यक्रम गरेको हो। कोरोना संक्रमण भएपछि ओली यतिखेर होम आइसाेलेसनमा छन्। 

युवा संघ भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला कमिटीका साथै युथ फोर्स, अन्तरजिल्ला विशेष प्रदेश कमिटीलगायतले रक्तदान कार्यक्रम गरेको युवा संघले जनाएको छ।

भक्तपुर, मंगलबजार, बानेश्वरलगायत स्थानमा आयोजित रक्तदान कार्यक्रममा थुप्रैले रक्तदान गरेको जनाइएको छ।

प्रकाशित मिति: १५:५५ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्