Kathmandu Press

काठमाडौं महानगरद्वारा छुटेका विद्यार्थीका लागि आजबाट खोप कार्यक्रम

काठमाडौं, माघ १५ : काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका छुटेका विद्यार्थीलाई खोप लगाउन थालेको छ।आज (शनिबार) बाट थालिएको खोप कार्यक्रमका लागि...
काठमाडौं महानगरद्वारा छुटेका विद्यार्थीका लागि आजबाट खोप कार्यक्रम

काठमाडौं, माघ १५ : काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ।  

खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ। कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन्।  

खोप लगाउन उमेर खुल्ने कागजात साथमा लिएर जानुपर्नेछ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही माघ १० गते जारी गरेको सूचनाअनुसार आजदेखि माघ २० गतेसम्म विद्यार्थीका लागि खोप कार्यक्रम सञ्चालन गर्नेअनुरुप कामपाले खोप कार्यक्रमका लागि स्थान निर्धारण गरेको हो।

कोराना महामारीका कारण अहिले देशभरिका विद्यालय बन्द छन्। खोप कार्यक्रमका लागि विद्यालय खोले पनि पठनपाठनका लागि भने वैकल्पिक शिक्षण सिकाइलाई निरन्तरता दिन कामपाले सबै  विद्यालयलाई अनुरोध गरेको छ। 

हाल कामपामा १२ देखि १७ वर्ष उमेर समूहका झण्डै ६५ हजार बालबालिका छन्। झण्डै ५० हजारले पहिलो चरणको खोप प्राप्त गरेको शिक्षा अधिकारी सुवेदीले जानकारी दिए। हाल कामपामा ९० सामुदायिक विद्यालय छन् भने ५०० भन्दा बढी निजी विद्यालय छन्। 

प्रकाशित मिति: १५:४७ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्