Kathmandu Press

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वर्ल्ड स्कुल’को मान्यता

काठमाडौं, माघ १२ काठमाडौंको सानो भर्‍यfङस्थित स्वस्तिश्री गुरुकुलले ‘आइबी वर्ल्ड  स्कुल’को मान्यता प्राप्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल...
स्वस्तिश्री गुरुकुललाई ‘आइबी वर्ल्ड स्कुल’को मान्यता

काठमाडौं, माघ १२ : काठमाडौंको सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुलले ‘आइबी वर्ल्ड  स्कुल’को मान्यता प्राप्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा आज गुरुकुललाई ‘आइबी वर्ल्ड  स्कुल’ घोषणा गरिएको हो।

आइबी (अन्तर्राष्ट्रियस्तर) को मान्यता प्राप्त भएसँगै उक्त स्कुल आजैदेखि ‘स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुल’ को नामबाट सञ्चालन भएको छ। यो अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रममा आधारित रहेर विद्यालयलाई दिइने उपाधि हो। नेपालमा योसँगै चारवटा विद्यालयले मात्र उक्त मान्यता पाएका जनाइएको छ। यहाँ आज भएको घोषणा कार्यक्रममा छोटो समयमै उक्त मान्यता प्राप्त गर्ने र काठमाडौँ जिल्लाको पनि पहिलो विद्यालय भएको दाबी गरिएको छ।

Hardik ivf

समारोहमा स्वस्तिश्री नेपाली भाव र संस्कृति तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको सम्मिश्रणबाट विश्वस्तरीय गुणस्तरयुक्त शिक्षा नेपालमा नै प्रदान गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना भएको जानकारी गराइएको थियो। २०७६ मा स्थापना भएको गुरुकुलले पहिलो वर्ष मन्टेश्वरी, दोस्रो वर्ष एकैसाथ शून्य विद्यार्थीबाट कक्षा १० सम्म स्कुल सञ्चालन गरेकामा चालु शैक्षिक सत्र अर्थात् तेस्रो वर्षदेखि ११ सम्मको कक्षा सञ्चालन गर्दै आएको छ।

विश्वस्तरीय भौतिक पूर्वाधारसहितको नवनिर्मित भवनमा आधुनिक शैक्षिक प्रणाली र विद्यार्थीको रुचिअनुसारको गुणस्तरयुक्त तथा विद्यार्थीमैत्री पठनपाठन हुँदै आएको, कक्षा कोठा, पठन पद्धति, विद्यार्थीको सिकाइ, भौतिक पूर्वाधारलगायतका आधारमा झन्डै डेढ वर्षको अध्ययन अनुसन्धानपछि मात्रै गुरुकुलले विश्वस्तरको मान्यता प्राप्त गरेको विद्यालयले जनाएको छ। 

विद्यालयमा सञ्चालित आइबी। पिवाइपी। पाठ्यक्रम, फिल्ड वर्क एजुकेसन, लन्डन मन्टेश्वरी शिक्षाका लागि आइई।वाइसी। पाठ्यक्रम, वाटकिन्सन स्कुल, अमेरिकासँग शैक्षिक कार्यक्रमका लागि सहकार्य गर्दै आएको छ। यस्तै एसियाको ‘वेष्ट इमर्जिङ स्कुल अवार्ड २०२०–२०२१’ प्राप्त गर्न सफल स्वस्तिश्री गुरुकुलले स्वस्तिश्री स्पोर्ट एकाडेमी (एसएसए) स्थापना गरी फुटबल, फुटसल, पौडी, बास्केटबल, तेक्वान्दो, स्केटिङ, टेबलटेनिसलगायत खेलकुदका तालिम अन्य विद्यालयका इच्छुक विद्यार्थीका लागि प्रदान गर्दै आइरहेको गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले जानकारी दिए। 

उक्त स्कुल स्वस्तिश्री, इन्टरनेसनल स्कुल एसोसिएसन (आइएसए) को नेपालको एकमात्र सदस्य विद्यालय र इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेसन (आइएकएफ) को नेपालको एकमात्र पूर्ण सदस्यता प्राप्त विद्यालय हो । 

राज्यमन्त्री श्रेष्ठले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागी हुँदै परिवर्तित समय र आवश्यकता अनुसारको शिक्षा दिन स्वस्तिश्रीले गरेको लगानीको प्रशंसा गरे। संसारमा चलेको कार्यक्रम आइबी मान्यता प्राप्त स्कुलबाट उत्पादित विद्यार्थीलाई विश्वका उत्कृष्ट विश्वविद्यालयले सजिलै लिने उल्लेख गर्दै श्रेष्ठले यसको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

प्रकाशित मिति: १५:०९ बजे, शनिबार, माघ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्