Kathmandu Press

तानसेन नगरपालिकाको सेवा स्थगित

पाल्पा, माघ १५  : तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ।नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका...
तानसेन नगरपालिकाको सेवा स्थगित

पाल्पा, माघ १५  : तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ।

नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए।

नगरपालिकाले यही  माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ। शुक्रवार ३२ कर्मचारीको पिसीआर परिक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

प्रकाशित मिति: १५:०२ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्