Kathmandu Press

अनीश्वरवाद : ईश्वर के हो ?

अनीश्वरवादले सबैभन्दा धेरै भौतिकवादको पक्षमा वकालत गर्दछ। चार्वाकदेखि कार्लाक्र्ससम्म सबै यस पक्षमा उभिएका छन्। अनीश्वरवादी भन्छन्— जीवन खालि मृत्युसम्म मात्र छ। भौतिक कार्यको कारण भौतिक नै छ, अरु छैन।
अनीश्वरवाद : ईश्वर के हो ?

मानव सभ्यताको विकाससँगै धार्मिक तथा आध्यात्मिक जालो समाजमा बेस्सरी फैलियो। त्यो सँगसँगै अनीश्वरवादको पक्षमा पनि मानव समुदायको ठूलो हिस्सा खडा भयो। ईश्वर छ भन्ने मान्छेहरूको सामु ईश्वर छैन र प्रकृति सञ्चालनमा ईश्वरको कुनै अर्थ छैन भन्ने समूह पनि संसारमा बलियो रूपमा अघि बढिरहेको छ।

अनिश्वरवादी भन्छन्— सारा भौतिक चिज भौतिक कारणले निर्माण हुन्छन्, जे देखिन्छ त्यो सत्य हो, त्यसको पर कुनै शक्ति छैन। बौद्ध दार्शनिक धर्मकीर्तिले एक हजार वर्ष पहिले भने— वेदको प्रमाण तेस्र्याउनु, सधैँ केही न केही अज्ञेय वा माथिको अदृश्य सत्ता प्रस्तुत गर्नु मूर्खताको लक्षण हो। ईश्वरवादी भन्छन् संसारमा जति चिज संवेदनीय छन्, ती सबैको उत्पत्ति स्थिति र लयका लागि कुनै अलौकिक र अभौतिक शक्ति जिम्मेवार छ। तर, अनीश्वरवाद त्यसको विरोध गर्दछ।

अनीश्वरवादले सबैभन्दा धेरै भौतिकवादको पक्षमा वकालत गर्दछ। चार्वाकदेखि कार्लाक्र्ससम्म सबै यस पक्षमा उभिएका छन्। अनीश्वरवादी भन्छन्— जीवन खालि मृत्युसम्म मात्र छ। भौतिक कार्यको कारण भौतिक नै छ, अरु छैन।

Hardik ivf

चाल्र्स डार्विनले विकासवादी सिद्धान्त प्रतिपादन गरेपछि ईश्वर छ भन्नेहरूको बीचमा ठूलो हल्लिखल्ली मच्चियो। डार्विनले भने सारा प्रकृति चल्ने एउटा निश्चित नियम छ तर त्यो ईश्वरबाट होइन। उनको भनाइमा जीवो जीवस्य जीवनम् अर्थात् संसारका जीवको बीचमा र जीवनले पनि एउटा सङ्घर्षमा जुटिरहनुपर्छ, जो सङ्घर्षमा सफल हुन्छ ऊ बाँच्न सक्तछ, सङ्घर्षबाट हार्नेको अस्तित्व समाप्त हुन्छ। जीवहरूमा विस्तारै विकास हुँदै आएर बाँदरबाट विकसित हुँदै मान्छेसम्म आइपुगेको हो। सन् १८५९ मा डार्विनको नश्लको उत्पत्ति पुस्तक प्रकाशित भएपछि ईश्वरको सत्ता धरमरायो।

पश्चिमी युरोपमा दार्शनिक नित्सेले ‘ईश्वरले आत्महत्या गरिसक्यो, अब ईश्वर भन्ने कुरा नै छैन’ भनेपछि ईश्वरवादीको मनमा अर्को ढ्याङ्ग्रो ठोक्यो। तर भौतिकवादी नित्सेका भनाइलाई पनि आलोचना गर्दछन्। ईश्वर मरिसक्यो भन्नुको अर्थ ईश्वर पहिले अस्तित्वमा थियो भन्ने बुझिन्छ। हुँदै नभएको ईश्वर मर्नुको के अर्थ ? भौतिकवादीको तर्क छ।

चीन, युरोप र दक्षिणपूर्वी एसियामा इसापूर्व तेस्रो शताब्दीदेखि नै अनीश्वरवादी आवाज चर्को रूपमा फैलन थाल्यो। चार्वाकजस्तै चीनका याङ–चुले पनि एक ठाउँमा लेखे— मान्छे मरेपछि केही पाउँदैन, पुनर्जन्म हुने पनि होइन, त्यसैले मान्छे हो खाउ, पिउ र मोज गर।

बुद्ध धर्मले पनि ईश्वरवादको विरोध ग¥यो। बुद्ध धर्म भन्छ— ‘मान्छे विवेकशील प्राणी हो, ऊ विवेकले नै अन्तिम निर्णय गर्न सक्छ, ईश्वरको सहारा लिइरहनुपर्दैन।’

लोकायत दर्शन होस् या, सांख्य दर्शन या जैन दर्शन सबैले ईश्वरको अस्तित्व अस्वीकार गरे। १९औँ शताब्दीका शून्यवादी दार्शनिक बख्यावरले त सबै कुरा मान्छे स्वयं हो, त्यसको पछाडि ईश्वर भन्ने कुरै छैन भन्ने लेखे। उनी लेख्छन्— ‘सिसामा हेर्दा देखिने अनुहार तिम्रो हो, अर्काको होइन। त्यसैगरी तिमीले जे गर्छौ त्यो मात्र तिम्रो हो। तिमी नै बालक हो, तिमी नै बूढो हो, तिमी नै मूर्ख हो, तिमी नै विद्वान हो, तिमी नै स्त्री–पुरुष हो, तिमी नै डुब्ने हो, तिमी नै तैरने हो, तिमीले नै मार्ने हो, तिमी नै मर्ने हो, तिमी नै सुत्ने हो, तिमी नै ब्युँझने हो, तिमी नै नाच्ने हो, तिमी नै गाउने हो।’ हब्स नामका दार्शनिकले ‘लेबियाथान’ नामक पुस्तकमा लेखे— धर्म, सार्वजनिक अनुमति प्राप्त काल्पनिक शक्तिको भय हो, त्यसद्वारा जे अनुमति मिल्दैन त्यो अन्धविश्वास हो।’

१८औँ शताब्दीमा फ्रान्सबाट जोन लकको विचार शक्तिशाली रूपमा संसारभर फैलियो। उनले लेखेको पुस्तक ‘ल होमे मसिन’  (मनुष्य–यन्त्र) सन् १७४८ मा प्रकाशित भएपछि ईश्वर प्रतिको नकारात्मकता अरु चर्कियो। उनले लेखे— ‘ईश्वरले संसार बनायो बनाएन भनेर तर्क गर्नु बेकार हो। मन शान्तिका लागि ईश्वर हुनु र नहुनु पनि बराबर छ। पृथ्वी त्यो बेला सुखी हुन्छ, जब संसारका सबै मान्छे नास्तिक बन्छन्।’ त्यसबाहेक भोल्तेयर, लुडविग फायरवाख, डेविड स्त्राउस जस्ता दार्शनिकले त झन् ईश्वर थिएन, छैन, हुने छैन, यो बेकारको कल्पना मात्र हो भने। जर्मन शास्त्रीय दर्शनका संस्थापक इमानुसल कान्टले मान्छेको बुद्धिको प्रधानता उल्लेख गरेपछि ईश्वरको सट्टा ‘मानवता र मनुष्यजाति’ को महŒव प्रमुख रूपमा फैलियो। उनले प्रकृतिमा चल्ने आन्तरिक गतिविधिको परिणामस्वरूप उत्पन्न हुने निहारिकाबाट सौर्यमण्डलको निर्माण भएको भन्ने ‘निहारिका अवधारणा’ प्रतिपादन भएपछि दैनिक रूपमा संसारको सृष्टि भएको भन्ने तर्क फितलो ठहरियो।

भौतिक वस्तुको उत्पत्तिका लागि कुनै आदि दैविक कारणको जरुरत छैन भन्ने पक्षमा विश्व जनमानसको ठूलो हिस्सा खडा भएपछि १९औं शताब्दीमा बेलायतमा ‘धर्मनिरपेक्षता’ को भावना तीव्र रूपमा बढ्यो। माक्र्सले ईश्वरवादको विरोध गरे र सबै कुरा मान्छे नै हो भन्ने पुष्टि गरे। उनकै प्रभावबाट माथि उठेका बरट्रेण्ड रसेलका रचना प्रकाशमा आएपछि ईश्वरका बारेमा बुनिएका अनेकौं बकवास फिका हुन थाले। संसारमा समय समयमा विभिन्न वैज्ञानिक, दार्शनिक तथा चिन्तकबाट विकासवाद, वैज्ञानिक भौतिकवाद, द्वन्द्वात्मक भौतिकवाद, मानववाद, अस्तित्ववाद जस्ता वादको विकास भएपछि ‘ईश्वर एक कल्पना मात्र भएको र मानव विकासका लागि ईश्वर अवरोध र भय भएको तथ्य मान्छेले बुझ्न थालेका छन्।

 

प्रकाशित मिति: ११:२७ बजे, शनिबार, माघ १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्