Kathmandu Press

लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

कञ्चनपुर, माघ १४ : दोधारा चाँदनी नगरपालिकाबाट लागु औषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ। दोधारा चाँदनीको डम्बर चौराहबाट तीनै...
लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

कञ्चनपुर, माघ १४ : दोधारा चाँदनी नगरपालिकाबाट लागु औषध खैरो हिरोइनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ। दोधारा चाँदनीको डम्बर चौराहबाट तीनै जनालाई लागु औषधसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा दोधारा चाँदनी–७ बाबाथानका २४ वर्षीय विवेक राना मगर, २० वर्षीय राहुल राना मगर र वडा नं ६ शान्तिटोलका १८ वर्षीय मुस्कान शाही रहेका छन्। दोधारा चाँदनी–७ का प्रेम बडुवालको घरबाट चोरिएको म २ प ५०८१ नम्बरको मोटरसाइकल खोजीका क्रममा तीनै जना पक्राउ परेका हुन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले डम्बर चौराहमा शङ्कास्पद लागेर जाँच गर्दा पक्राउ परेकाहरुको साथबाट चार ग्राम ८५० मिलिग्राम हिरोइन भेटिएको बताए। बडुवालले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय र बाबाथान प्रहरी चौकीको टोली खटिएको थियो। प्रहरीका अनुसार मोटरसाइकल उनीहरुले चोरी गरेका लगेका थिए।
    
चौराह नजिक उनीहरू लुकेर बसिरहेको अवस्थामा भेटिएका थिए। प्रहरीले जाँच गरेपछि प्लाष्टिकमा लुकाएर राखेको अवस्थामा हिरोइन भेटाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शाहले पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको बताए।

प्रकाशित मिति: १९:५३ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्