Kathmandu Press

इन्द्रायणी मन्दिरमा सयौँ वर्ष पुराना सामग्री चोरी

भक्तपुर, माघ १४ : मध्यपुरथिमि नगरपालिका–४ मा रहेको इन्द्रायणी मन्दिरबाट आज सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ। मन्दिरको भण्डारमा रहेका सामानहरु...
इन्द्रायणी मन्दिरमा सयौँ वर्ष पुराना सामग्री चोरी

भक्तपुर, माघ १४ : मध्यपुरथिमि नगरपालिका–४ मा रहेको इन्द्रायणी मन्दिरबाट आज सयौँ वर्ष पुराना महत्वपूर्ण सामग्रीहरु चोरी भएको छ। मन्दिरको भण्डारमा रहेका सामानहरु दुई वटा ताल्चा फुटाएर चोरी भएको स्थानीय साँस्कृतिक एवं नाच गुरु अर्जुन श्रेष्ठले जानकारी दिए।

मन्दिरको भण्डारबाट सयौँ वर्ष पुराना बाजाहरु भुस्या १२० जोर (४० वटा), छुस्या एक जोर, झ्याली एक जोर, पाः बाजा एक जोर चोरी भएको उनले जानकारी दिए। त्यसैगरी मन्दिरको सयौँ वर्ष पुरानो शङ्ख, शालिकसहितको आरतीलगायतका सामग्रीहरु चोरी भएको उनले जानकारी दिए।

Hardik ivf

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले मन्दिरमा सयौँ वर्ष पुराना बाजालगायतका सामानहरु चोरी भएको जानकारी दिँदै आजैदेखि अनुसन्धान गरी चोरी भएका सामान र गिरोहको खोजी भइरहेको जानकारी दिए।

केही दिन अगाडि पनि वडा नं ४ कै इनालाक्षीको राज गणेशको मन्दिरमा रहेका दियोहरु चोरी भएको थियो। मन्दिरबाट धमाधम चोरी हुन थाले पनि चोर भने अझै पक्राउ नपरेको साँस्कृतिक गुरु श्रेष्ठको भनाइ छ। पछिल्लो समयमा भक्तपुर, ललितपुरलगायतका ठाउँका मन्दिरबाट मूर्ति र बहुमूल्य सामग्री चोरी गर्ने गिरोहनै सक्रिय भएको हुनसक्ने उनको आशङ्का छ।

प्रकाशित मिति: १९:०३ बजे, शुक्रबार, माघ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्