आइएसएफका संयोजक कार्की फ्रान्स जाँदै
काठमाडाैं, माघ १४ : युवा तथा खेलकुद मन्त्रालयले नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेसन (आइएसएफ) टेक्निकल कमिसनका संयोजक राजकुमार...
काठमाडाैं, माघ १४ : युवा तथा खेलकुद मन्त्रालयले नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेसन (आइएसएफ) टेक्निकल कमिसनका संयोजक राजकुमार कार्कीलाई बिदाइ गरेको छ।
इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेशन (आइएसएफ) र युनियन नेशनल डु स्पोर्ट स्कोलारी (युएनएसएस) द्वारा आगामी मे १४ देखि २२ सम्म फ्रान्सको नोम्र्याण्डीमा हुने १९औँ आइएसएफ गाइनासाइड स्कुल समर गेम्स् २०२२ को निरीक्षण भ्रमण लागि उनी फ्रान्स जान लागेका हुन्।
महासचिव कार्कीले यही माघ १८ देखि २१ गतेसम्म त्यहाँ अनुमगन गर्नेछन्। मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र सचिव डा दामोदर शर्माले उनलाई बिदाइ गरेका हुन्।
आइएसएफतर्फका विश्वका २० खेलकुदका प्रमुख उक्त कार्यक्रममा सहभागी हुनुहुनेछ। आइएसएफ गेम्स् हरेक दुई वर्षमा हुँदै आएको छ। यो प्रतियोगिता निकै ठूलो र महँगो हो।
प्रतियागिताका लागि आयोजक राष्ट्रले ठूलो खेलकुद पूर्वाधार तयार गर्नुपर्ने हुन्छ। तीन पटकको निरीक्षण भ्रमण टोलीले दिएको सुझावका आधारमा प्रतियोगिता सञ्चालन हुनेछ। विश्वका १३१ देश सदस्य रहेको आइएसएफ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य पनि हो।











