Kathmandu Press

महाकालीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु 

दार्चुला, माघ १४ : दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो नुहाउन नदीमा गएका  व्याँस...
महाकालीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु 

दार्चुला, माघ १४ : दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेहोस भएका युवकको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो नुहाउन नदीमा गएका  व्याँस गाउँपालिका–४ का २१ वर्षीय सुवास कुँवरकाे उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

खलंगाको बङ्गाबगडमा महाकालीमा बगेका ती युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। ‘उद्धार गरी जिल्ला अस्पताल भर्ना गरेका थियौं,’ उनले भने, ‘अस्पतालले मृत घोषणा गरिसकेको हो।’

कुँवर महाकाली नदीमा बगेपछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो। महाकाली नगरपालिका–४ मा उनी कोठा भाडामा लिएर बस्दै आएका थिए। कम्प्युटर सिक्नका लागि कुँवर ब्यासबाट खलङ्गा आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:५८ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्