Kathmandu Press

मोरिससविरुद्ध जितकै लागि खेल्छौं : कप्तान किरण

मोरिससविरुद्ध जितकै लागि खेल्छौं : कप्तान किरण

काठमाडौं, माघ १४ : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध जितकै लागि मैदानमा उत्रने बताए। दुई मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा आयोजित प्रिम्याच कन्फ्रेन्समा कप्तान किरण चेम्जोङले मोरिससविरुद्ध खेल अनुभव बटुल्ने अवसर भएको पनि बताए।

‘मैत्रीपूर्ण खेल भनेर जे पनि गर्न मिल्दैन। रिजल्टको अपेक्षा हुन्छ। र, त्यो गर्नु पनि पर्छ,’ किरणले प्री म्याच कन्फ्रेन्समा भने, ‘जितकै लागि खेल्छौं। यो खेल केही कुरा सिक्ने र अनुभव बटुल्ने अवसर हो।’

माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका किरणले बुधबार राति मात्र काठमाडौं आएका थिए । उनले टिमसँग २ दिनदेखि अभ्यास गरिरहेका छन्। 

प्री म्याच कन्फ्रेन्समा किरणले टिमसँग प्रशिक्षण भर्खरेमात्र गरेपनि सबै खेलाडी फिट रहेको बताए। साथै उनले मोरिसससँग पहिलो पटक भिड्न आफूहरु तयार गरेको बताए। 

नेपालले मोरिसससँग माघ १५ र १८ गते दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेल्नेछ। दुई मैत्रीपूर्ण खेलका लागि  मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फरक दुई टिम घोषणा गरेका छन्।

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्