Kathmandu Press

४० क्विन्टल जडीबुटीसहित दुईजना पक्राउ

जुम्ला, माघ १४ :  संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडीबुटी जुम्ला प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको...
४० क्विन्टल जडीबुटीसहित दुईजना पक्राउ

जुम्ला, माघ १४ :  संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडीबुटी जुम्ला प्रहरीले नियन्त्रणमा लिएको छ। 

पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । 

‘जाँचका क्रममा संकलन पुर्जी भेटिएको छैन,’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौं।’

पातारासी गाउँपालिका–७ बस्ने टेकेन्द्र बुढा र असल कठायतले ट्याक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका आुसार संकलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ।

चालकसहित दुवै ट्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ। 
    

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्