Kathmandu Press

खजुरा गाउँपालिकाद्वारा आश्रित परिवारलाई भवन हस्तान्तरण

राँझा, माघ १४ : बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास कार्यक्रमअन्तर्गत आश्रित परिवारलाई १६ घर हस्तान्तरण गरेको छ । खजुरा–३ स्थित बी बोरिङमा व्यवस्थित १६  घर...
खजुरा गाउँपालिकाद्वारा आश्रित परिवारलाई भवन हस्तान्तरण

राँझा, माघ १४ : बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास कार्यक्रमअन्तर्गत आश्रित परिवारलाई १६ घर हस्तान्तरण गरेको छ । 

खजुरा–३ स्थित बी बोरिङमा व्यवस्थित १६  घर तयार भएपछि आज औपचारिक कार्यक्रम गरी आश्रित परिवारलाई आवास हस्तान्तरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

Hardik ivf

उनका अनुसार भूमिहीन सुकुम्वासी बसिरहेकै ठाउँमा घर बनाई दिँदाभन्दा सामूहिक आवासको अवधारणा प्रभावकारी हुने विश्वासका साथ घर, शौचालय, आन्तरिक सडक सबै व्यवस्थित बनाइएको छ।

तराई मधेस समृद्धि कार्यक्रमको रु ७० लाख लागतमा डेढ बिघा सरकारी जग्गामा व्यवस्थित १६ घर तयार गरी हस्तान्तरण गरिएको उनको भनाइ छ । १६ घर निर्माण भइसकेको बी–बोरिङ खजुरामा यो वर्ष पाँच घर निर्माण भइरहेका छन्। 

तराई मधेस समृद्धि कार्यक्रमसँग गाउँपालिकाले साझेदारी कार्यक्रमअन्तर्गत अति विपन्न परिवारलाई आवास बनाएर हस्तान्तरण गरिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताए। 

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्