दस्तावेज प्रविधिमैत्री नहुँदा सेवा प्रवाहमा समस्या
वीरगन्ज, माघ १४ : पर्साको वीरगन्जस्थित नापी कार्यालयको दस्तावेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। डिजिटल युगमा अझै पनि पुरानै शैलीमा...
वीरगन्ज, माघ १४ : पर्साको वीरगन्जस्थित नापी कार्यालयको दस्तावेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। डिजिटल युगमा अझै पनि पुरानै शैलीमा कागजपत्र तथा दस्तावेजबाटै कार्यालयबाट सम्पादन हुँदै आएको काममा ढिलाइ हुने गरेको छ।
वीरगञ्जस्थित नापी कार्यालयमा नक्सा, पुराना स्रेस्तालगायत काजगात पुरानै दस्तावेजीकरणअनुसार रहेका छन्। यी सबै काजगात हालसम्म पनि कम्प्युटरमा दस्ताबेजीकरण हुन नसक्दा कार्यसम्पादनमा कठिनाइ हुँदै आएको कार्यालयका प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए।
सबै काजगात आवश्यकताअनुसार कम्प्युटरमा दस्ताबेजीकरण गर्न आवश्यक छ। कार्यालय भाडाका तीन भवनमा सञ्चालन हुँदै आएको छ। कार्यालयमा हाल २५ कर्मचारी कार्यरत छन्।
प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)