Kathmandu Press

पोर्चुगलमा एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला

काठमाडाैं, माघ १४ : पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका एक नेपाली युवक बिहीबार रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।गैरआवासीय नेपाली संघ पोर्चुगलका अनुसार ती व्यक्ति कञ्चनपुरको...
पोर्चुगलमा एक नेपाली झुन्डिएको अवस्थामा मृत फेला

काठमाडाैं, माघ १४ : पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका एक नेपाली युवक बिहीबार रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अनुसार ती व्यक्ति कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३८ वर्षीय तर्कराज भट्ट रहेको जनाइएको छ।

भट्टको शव उनी बसोबास गरेको घरभन्दा केही टाढाको रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

उनको शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको जनाइएको छ। तीन वर्षदेखि पोर्चुगल बस्दै आएका उनी त्यहाँ कृषि फार्ममा काम गर्थे। उनका एक छोरा र पत्नी छन्।

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्