डेङ्गुबारे संसद्लाई जानकारी दिन सरकारलाई सभामुखकाे ‘रुलिङ’
काठमाडौं, भदौ २६ः सभामुख कृष्णबहादुर महराले डेंगु रोगबारे प्रतिनिधिसभालाई तत्काल जानकारी दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्।
डे....

काठमाडौं, भदौ २६ः सभामुख कृष्णबहादुर महराले डेंगु रोगबारे प्रतिनिधिसभालाई तत्काल जानकारी दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्।
डेंगुबारे संसद्को विशेष ध्यानाकर्षण भएको भन्दै उनले सदनलाई यथाशीघ्र जानकारी गराउन रूलिङ गरेका हुन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले एक सातादेखि संघीय संसद्का दुबै सदन– प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा डेंगु रोगबारे ध्यानाकर्षण लगातार आवाज उठाए पनि सरकारले कुनै ‘रेस्पोन्स’ गरेको छैन ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सत्तारुढ नेकपा सांसद्हरू कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, जुलीकुमारी महतोले डेंगु फैलिँदासमेत सरकार नबोलेको भन्दै सभामुखसँग सरकारलाई रुलिङ गर्न माग गरे ।
‘डेंगु डेंगु डेगु भनेर कराउँदा कराउँदै थाकिसकियो, डेंगुको सवालमा सरकार बोल्दैन’, सांसद् श्रेष्ठले भने, ‘अमेरिकाको सरकारले बोलिदियो– अमेरिकीहरू, नेपालमा डेंगु आतंक छ, नजानू । भएका अमेरिकी नागरिकहरू, नेपालमा सचेत रहनू । योभन्दा लाजमर्दो कुरा के हुन्छ ?’
उनले सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘मन्त्री डेंगुपीडित । आँखारोग विशेषज्ञ सन्दुक रुइत डेंगुपीडित । हामीमध्ये को को कति जनालाई डेंगु भएपछि सरकारको ध्यान जाने हो ? सभामुखले स्वास्थ्यमन्त्रीलाई तत्काल रुलिङ होस्, डेंगुबारे सरकारको आधिकारिक धारणा के हो ?’
‘डेंगु प्रकोप हो वा महामारी हो ? महामारी हो भने सबै जनप्रतिनिधि र दल साधन स्रोतका साथ डेंगुविरुद्ध हेल्थ इमर्जेन्सी तुरुन्त घोषणा गर्नुपर्यो’, अधिकारीले प्रश्न गरे, ‘यदि प्रकोप हो भने इपिडिमियोलोजी महाशाखा र स्वाथ्य मन्त्रालय के हेरेर बसेको छ ?’
प्रतिपक्षी दल कांग्रेस सांसद उमा रेग्मी, सञ्जय गौतमले डेंगुले महामारीको रूप लिँदा पनि सरकारले ठोस कदम नचालेको र डेंगु विरूद्धको खोपको व्यवस्था पनि नगरेको गुनासो गरेका थिए । गौतमले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गैरजिम्मेवार भएकोले राजीनामा दिन माग गरेका थिए ।










-1784808429.png)