९०० रूपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ६००
काठमाडौं, माघ १४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ तोकिएको छ। अधिल्लो दिन प्रतितोला ९३...
काठमाडौं, माघ १४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला ९३ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











