विश्वकप छनोट : चिलीविरुद्ध अजेन्टिनाको जित
काठमाडौं, माघ १४ : विश्वकप छनोट खेलमा अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराएको हो।...
काठमाडौं, माघ १४ : विश्वकप छनोट खेलमा अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले हराएको हो। चिलीको मैदानमा एन्जल डी मारियाले दशौँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २० औं मिनेटमा बेन डियाजले गोल गर्दै चिलीलाई १–१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ३४ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए ।
जितसँगै अर्जेन्टिनाले १४ खेलमा ३२ अंक जोडेको छ । अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिना यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।
चिली १६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: ११:०७ बजे, शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











