Kathmandu Press

चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर

राँझा, माघ १४ : बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ । चिसोका कारण आम जनजीवन प्रभावित भए...
चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर

राँझा, माघ १४ : बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ । चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ। विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन्।

बाँकेमा पछिल्लो तीन दिन अत्यधिक चिसो महसुस गरिएको छ । नेपालगञ्जको न्यूनतम तापक्रम ८।४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिए। उनका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढी महसुस भएको हो । वर्षात् नभए पनि चिसो हावाका कारण तापक्रम घट्दो क्रममा रहेको छ।

Hardik ivf

चिसोका र शीतलहरबाट २६ हजार ३६ परिवारका एक लाख ६६ हजार प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले आकलन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए। उनले गरिब तथा निमुखालाई न्यानो कपडा उपलब्ध गराउने काम भइरहेको बताउनुभयो । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ६०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको उनको भनाइ छ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बाल सुधारगृहलाई सय थान, डुडुवा गाउँपालिका वडा नं ६, मगन्ताटोलका ४२ घरपरिवार र निलसागर वृद्धाश्रमलाई कम्बल वितरण गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए। 

प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, माघ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्