Kathmandu Press

लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्न आग्रह

गण्डकी, माघ १४ : गण्डकी प्रदेशको पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ।राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा...
लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्न आग्रह

गण्डकी, माघ १४ : गण्डकी प्रदेशको पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ।

राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा बिहीबार बसेको गठबन्धनको समीक्षा बैठकले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार सुरेश आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी भएकामा बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो।

Hardik ivf

‘बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टि गर्दै प्रजातन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निष्कर्ष निकाल्यो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचनका क्रममा देखिएका कमी–कमजोरीलाई आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि बैठकले निर्णय गरेको छ।

राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन लाग्ने नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद दिँदै बैठकले निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न हुने सबै निकायलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ। 

विज्ञप्तिमा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्मा, नेकपा (माओवादी) केन्द गण्डकी प्रदेश समिति अध्यक्ष गायत्री गुरुङ, नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समिति अध्यक्ष शङ्कर बराल र जनता समाजवादी पार्टी गण्डकी प्रदेश समिति उपाध्यक्ष हेमबहादुर थापाले हस्ताक्षर गरेका छन्। 

प्रकाशित मिति: १०:३० बजे, शुक्रबार, माघ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्