Kathmandu Press

इरान विश्वकपका लागि छनोट, राष्ट्रपतिले दिए बधाई 

काठमाडौं, माघ १४ : आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि इरान छनोट भएको छ ।इराकलाई १–० ले पराजित...
इरान विश्वकपका लागि छनोट, राष्ट्रपतिले दिए बधाई 

काठमाडौं, माघ १४ : आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि इरान छनोट भएको छ ।

इराकलाई १–० ले पराजित गर्दै इरानले विश्वकप २०२२ मा छनौट पक्का गरेको हो । इरानको जितमा मेधी तारेमीले ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।

इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएपछि इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई समेत दिएका छन् । 

प्रकाशित मिति: ०८:०२ बजे, शुक्रबार, माघ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्