Kathmandu Press

बोझिनीमा मृत भेटिए थिङ दम्पती

काठमाडाैं, माघ १३ : शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय...
बोझिनीमा मृत भेटिए थिङ दम्पती

काठमाडाैं, माघ १३ : शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ। बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय पदमबहादुर वाइवा थिङ र उनकी श्रीमती ४६ वर्षीय फूलकुमारी वाइवा थिङ झ्याल, ढोका बन्द रहेको कोठामा मृत भेटिएको वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले राससलाई जानकारी दिए।

मृतक दम्पतीको शरीरमा कुनै चोटपटक नभेटिएकाले कोइला बाल्दा झ्याल, ढोका बन्द गरिएकाले निसास्सिएर निधन भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। थिङ दम्पतीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको वृत्तले जनाएको छ। घटनास्थलमा आज वृत्त र महानगरीय प्रहरी प्रभाग साँखुको प्रहरी टोलीले अनुसन्धान गरी शव परीक्षणका लागि महाराजगञ्ज पठाएको हो।

प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्