Kathmandu Press

पर्वतारोहण संघले दियो दुई सय कुष्ठरोगीलाई जाडोको कपडा र स्वास्थ्य सामग्री 

काठमाडौं, माघ १३ : नेपाल पर्वतारोहण संघ (एनएमए)ले खोकना आरोग्य आश्रम काठमाडौंमाका २ सय जना कुष्ठरोगीलाई लत्ताकपडा तथा स्वास्थ्य सामग्री वितरण गरेको छ...
पर्वतारोहण संघले दियो दुई सय कुष्ठरोगीलाई जाडोको कपडा र स्वास्थ्य सामग्री 

काठमाडौं, माघ १३ : नेपाल पर्वतारोहण संघ (एनएमए)ले खोकना आरोग्य आश्रम काठमाडौंमाका २ सय जना कुष्ठरोगीलाई लत्ताकपडा तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।एनएमएले बिहीबार खोकनामा एक कार्यक्रम गर्दै २ सय कुष्ठरोग पीडितलाई लत्ताकपडा तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

‘कोभिड–१९ बाट प्रभावित पर्वतारोही तथा कुष्ठरोग पीडितका लागि मानवीय सहायता कार्यक्रम’ अन्तर्गत जापनको निपोन फाउन्डेसनको सहयोगमा एनएमएले सो राहत प्रदान गरेको हो ।

खोकनास्थित आरोग्य आश्रमा आयोजित कार्यक्रममा एनएमएका अध्यक्ष सन्तवीर लामा, नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जीतबहादुर हमाल, दक्षिणकाली नगरपालिका २ का वाडाध्यक्ष रामचन्द्र क्षेत्रीलगातयले  ब्ल्यांकेट, ज्याकेट, स्यानिटाइजर, साबुन र मास्कसहितका राहत सामग्री हस्तान्तरण गरे।

यही कार्यक्रम अन्तर्गत नै एनएमएले अर्को महिना ३ हजार पर्वतारोहीहरुलाई खाद्यान्न सहयोग गर्ने एनएमएका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए।

 

प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्