आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको उपाधी नजिक
काठमाडौं, माघ १३ : त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा बिहीवार सम्पन्न...
काठमाडौं, माघ १३ : त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
पोखरा रङ्गशालामा बिहीवार सम्पन्न खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हराउँदै उपाधी नजिक पुगेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ ।
मनाङले अब उपाधिका लागि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ । यसअघि हिजो बुधवार मच्छिन्द्रलाई तीन–एक गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रकाशित मिति: १८:४२ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











