Kathmandu Press

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, माघ १३ : चितवनको खैरहनी नगरपालिका १ शाही चोकस्थित सडकमा ना.३ त ५५५३ नम्बरको ट्याक्टरले प्रदेश ३-००५ प २६५४ नम्बरको मोटरसाइकललाई बिहीबार...
सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं, माघ १३ : चितवनको खैरहनी नगरपालिका १ शाही चोकस्थित सडकमा ना.३ त ५५५३ नम्बरको ट्याक्टरले प्रदेश ३-००५ प २६५४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका ८ बस्ने २० वर्षीया सुजिता चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बकुलर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

Hardik ivf

रौतहट, फतुवा विजयपुर नगरपालिका-९ बडहर्वास्थित भित्री सडकमा अनटेष्ट लेखिएको ट्याक्टरले किच्दा सोही ठाउँ बस्ने सनोज कुमार यादवको छोरा ४ वर्षीय यश यादवको बिहीबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, माघ १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्