Kathmandu Press

चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष गिरी चढेको गाडी तोडफोड

काठमाडौं, माघ १३ : चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडी तोडफोड गरिएको छ।आज (बिहीबार) बिहान ११ बजे निवासबाट कार्यालय जाँदै...
चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष गिरी चढेको गाडी तोडफोड

काठमाडौं, माघ १३ : चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडी तोडफोड गरिएको छ।

आज (बिहीबार) बिहान ११ बजे निवासबाट कार्यालय जाँदै गर्दा काँडाघारीमा उनको गाडीमाथि ढुंगा प्रहार भएको आयोगले जनाएको छ।

आजै एक विज्ञप्ति जारी गर्दै आयोगले घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ। आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ। 

‘चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्‍य घटनाको आयोग घोर भर्त्सना गर्दछ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै उक्त कार्यमा संलग्न व्‍यक्तिरसमूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ।’

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्