Kathmandu Press

विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

सिमकोट, माघ १३ : एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन्। हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका...
विद्युत् सेवा अवरुद्ध हुँदा दियालोको भर

सिमकोट, माघ १३ : एक हप्तादेखि विद्युत् सेवा बन्द हुँदा याङगु गाउँका सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन्। हुम्लाको सिमकोट गाउँपालिका–८ को उक्त गाउँका बासिन्दाले  हप्तादिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा दिन कटाउँदै आउनुपरेको हो।

विद्युत् सेवा अवरुद्ध हुँदा रातिको समयमा आफूहरूले सल्लाको दियालोको भरमा रात कटाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो थियो। नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्रबाट वितरित लाइनमा समस्या आएपछि विद्युत प्रवाह हुन सकेको छैन।

Hardik ivf

विद्युत् केन्द्रबाट विस्तार गरिएका दुईवटा लाइनमध्ये एउटा लाइनले काम गरे पनि अर्को लाइन एक हप्तादेखि बन्द हुँदा आफूहरू उज्यालोबाट वञ्चित हुनुपरेको सोही गाउँका हर्कवीर शाहीले बताए। 

करिब ६० घरधुरी भएको उक्त गाउँमा हाल १५ घरधुरीले विद्युत् उपभोग गर्न पाएका छन् भने अन्य ४५ घरधुरी  अन्धकारमा बस्न बाध्य भएको उनले जानकारी दिए। विद्युत् आपूर्ति नभएको करिब एक हप्ता भइसक्दा पनि प्राधिकरणको हेल्दुङ वितरण केन्द्रले वास्ता नगरेको हर्कवीरको गुनासो थियो।

पटकपटक विद्युत् वितरण केन्द्रमा मर्मतका लागि आग्रह गर्दासमेत आफूहरूको मागको सुनुवाइ नगर्दा स्थानीयवासीले सल्लाको दियालो बाल्न बाध्य भएको उनको भनाइ थियो।

विद्युत् कुन ठाउँमा कसरी बिग्रेको भन्ने हालसम्म यसको जानकारी नै नदिइएकाले यस विषयमा उक्त केन्द्रमा सम्पर्क गर्न सम्पर्क गर्न खोज्दा सम्भब भएन। 

प्रकाशित मिति: १७:५५ बजे, बिहीबार, माघ १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्