Kathmandu Press

छात्रवृत्तिसम्बन्धी सहमति कार्यान्वयन गर्न माग गर्दै नेविसंघद्वारा त्रिविमा तालाबन्दी 

काठमाडौं, माघ १३ : विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेको छ। व्यवस्थापन...
छात्रवृत्तिसम्बन्धी सहमति कार्यान्वयन गर्न माग गर्दै नेविसंघद्वारा त्रिविमा तालाबन्दी 

काठमाडौं, माघ १३ : विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेको छ। 

व्यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो।

Hardik ivf

नेविसंघ आबद्ध विद्यार्थीहरुले आर्थिक अभाव भएका विद्यार्थीहरूमा गरिएको विभेद अन्त्य गर्न र महँगो  कोर्स पढ्न नसक्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने विषयमा संघ र त्रिविबीच २०७६ साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

उनीहरुले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सवै क्याम्पसको शुल्कमा एकरूपता ल्याउन माग गरेका छन्। त्यस्तै केही क्याम्पसले छात्रवृत्तिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्बन्धन खारेज गरी आवश्यक कारबाही गर्न माग गरिएको नेविसंघ नेता दीपक ओझाले जानकारी दिए।

त्यसक्रममा त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले विद्यार्थीहरुको मागबारे आफू सकारात्मक भएको भन्दै सर्वपक्षीय छलफलबाट समस्या समाधान गर्ने बताए।

विद्यार्थीहरुले व्यवस्थापन संकायको  भर्ना सम्बन्धी कार्यविधि पालना नगरी सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरूलाई पनि कारबाही गर्न माग गरेका छन्। आफुहरुको मागका विषयमा २४ घण्टाभित्र कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन्।

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, माघ १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्