Kathmandu Press

परीक्षा स्थगित गरेको विरोधमा सिटिइभिटीका विद्यार्थीहरूले गरे प्रदर्शन

जनकपुरधाम, माघ ३ : सिटिइभिटीले आगामी माघ २७ देखि लिन लागेको परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।उनीहरूले रमानन्द चोकमा टायर...
परीक्षा स्थगित गरेको विरोधमा सिटिइभिटीका विद्यार्थीहरूले गरे प्रदर्शन

जनकपुरधाम, माघ ३ : सिटिइभिटीले आगामी माघ २७ देखि लिन लागेको परीक्षा स्थगित गरेको विरोधमा विद्यार्थीहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

उनीहरूले रमानन्द चोकमा टायर बालेर प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।  सिटिइभिटीले पटकपटक परीक्षा स्थगित गरेर तीन वर्षको कोर्सलाई पाँच वर्ष पुर्‍याउन चाहेको आरोप लगाएका छन्।

विद्यार्थीहरुले भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा लिनुपर्नेमा माग गरेका छन्। त्यसबाहेक अन्य कुनै विकल्प नभए आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरुले परीक्षा स्थगित गरेर आफूहरूको जीवनसँग खेलबाड गर्न नपाइने बताएक छन्।

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्