Kathmandu Press

कीर्तिपुर नगरपालिका भवनमा एकजना मृत भेटिए

काठमाडौं, माघ १३ : काठमाडौंको कीर्तिपुर नगरपालिकामा एकजना मृत भेटिएका छन्।मृत भेटिएका व्यक्ति रामेछापका ३६ वर्षीय शंकर खत्री रहेको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरले जनाएको...
कीर्तिपुर नगरपालिका भवनमा एकजना मृत भेटिए

काठमाडौं, माघ १३ : काठमाडौंको कीर्तिपुर नगरपालिका भवनमा एकजना मृत भेटिएका छन्।

मृत भेटिएका व्यक्ति रामेछापका ३६ वर्षीय शंकर खत्री रहेको महानगरीय प्रहरी वृत्त, कीर्तिपुरले जनाएको छ।

बुधबार राति खाना खाएर सुतेका उनी बिहान अबेरसम्म नउठेपछि प्रहरीलाई खबर गरिएको थियो। ढोका खोलेर हेर्दा शव भेटिएको जनाइएको छ।

प्रहरीका अनुसार उनले नगरपालिकाको नयाँ भवनमा रङ लगाउने काम गर्दै आएका थिए। मृत्युको कारण खुलिनसकेको छैन र आफन्त आएपछि पोस्टमार्टमका शव लागि पठाउने तयारी भइरहेको छ। 

घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्हरीले जनाएको छ।

प्रकाशित मिति: १५:३९ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्