Kathmandu Press

सोलुखोला दूधकोसी जलविद्युतको सुरुङमार्गमा मजदुर बेपत्ता

सोलुखुम्बु, माघ १३ : जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन्। आज हानथुलुङ दूधकोशी...
सोलुखोला दूधकोसी जलविद्युतको सुरुङमार्गमा मजदुर बेपत्ता

सोलुखुम्बु, माघ १३ : जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदुर बेपत्ता भएका छन्। 

आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

Hardik ivf

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका-१ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका-४ का २० वर्षीय अंगत राय थारुको उद्वार गरी उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएको छ।

आज करिब ४/५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप बिछ्याउन जाने क्रममा सामग्रीसहित चारजना मजदुर चढेको बकेट बिचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ। घटनामा परेका अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए।

हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामग्रीका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ। सुरुङमार्गभित्र मानिसका साथै निर्माण सामग्री ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ।

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, माघ १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्