Kathmandu Press

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

तनहुँ, माघ १३ : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउन्डेसन अवार्ड) प्राप्त गरेको छ।ब्रिटिस काउन्सिल नेपालले निर्मल माविलाई...
तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

तनहुँ, माघ १३ : तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउन्डेसन अवार्ड) प्राप्त गरेको छ।

ब्रिटिस काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो। उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एक मात्र विद्यालय हो। सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए।

प्रअ बस्नेतका अनुसार विद्यालयले सातवटा परियोजना गरेको थियो। ‘सन् २०२०÷२१ का लागि विभिन्न सातवटा परियोजना गरेर काउन्सिलमा प्रस्ताव पेश गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्ताव छनोट भएर प्राप्त अवार्डले विद्यालयको गौरव बढाएको छ,’ बस्नेतले भने।

विद्यालयभित्र स्थानीय पाठ्यक्रममा आधारित रहेर विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियो। त्यस्तै सामुदायिक र संस्थागत विद्यालयसँग मिलेर शिक्षण सिकाइ, विदेशी विद्यालयसँग पनि सम्बन्ध राखेर त्यहाँको विद्यार्थी र निर्मलका विद्यार्थीबीच शिक्षण सिकाइ आदान–प्रदान गरिएको बस्नेतले बताए।

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्