Kathmandu Press

स्वास्थ्यमा समस्या आए ११५६ नम्बरमा फाेन गरेर परामर्श लिन सकिने

काठमाडौं, माघ १३ : अब कुनै स्वास्थ्य समस्या देखियो भने ११५६ नम्बरमा कल गरेर परामर्श लिन सकिने भएको छ।कोभिड–१९ को तेस्रो लहर व्यापक...
स्वास्थ्यमा समस्या आए ११५६ नम्बरमा फाेन गरेर परामर्श लिन सकिने

काठमाडौं, माघ १३ : अब कुनै स्वास्थ्य समस्या देखियो भने ११५६ नम्बरमा कल गरेर परामर्श लिन सकिने भएको छ।

कोभिड–१९ को तेस्रो लहर व्यापक रुपमा बढ्दै गइरहेकाले सर्वसाधारणलाई पर्न सक्ने स्वास्थ्यसम्बन्धी समस्याका लागि उक्त कल सेन्टरमा सम्पर्क गरेरआवश्यक परामर्श लिन सक्ने व्यवस्था मिलाइएको हो।

नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा ११५६ नम्बरको कल सेन्टर मंगलबारदेखि सञ्चालनमा आएको हो।

बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म कल सेन्टर खुला रहने संघका महासचिव डा. बद्री रिजालले बताए।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्