धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु
धरान, माघ १३ : कोरोना भाइरसको संक्रमणका कारण धरानिस्थत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का...
धरान, माघ १३ : कोरोना भाइरसको संक्रमणका कारण धरानिस्थत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र वडा १५ का ७२ वर्षीय पुरूष रहेकाे प्रतिष्ठानले जनाएको छ।
४५ वर्षीय पुरूषको बुधबार राति पौने ९ बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान पौने ८ बजे मृत्यु भएको रहेको प्रतिष्ठानकाे भनाइ छ।
४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो। उनीहरू दुवै दीर्घरोगी रहेको प्रतिष्ठानको भनाइ छ।
प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1782735246.jpeg)