Kathmandu Press

भारतीय जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

बारा, माघ १३ : बारामा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।दुर्घटना बुधबार राति कलैया उपमहानगरपालिका-२५ स्थित कलैया-वीरगन्ज सडकखण्डमा उक्त दुर्घटना भएको...
भारतीय जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

बारा, माघ १३ : बारामा भारतीय जिपले  मोटरसाइकल ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

दुर्घटना बुधबार राति कलैया उपमहानगरपालिका-२५ स्थित कलैया-वीरगन्ज सडकखण्डमा उक्त दुर्घटना भएको थियो।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय शीतल साह रहेकोजिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरू दाजुभाइ हुन्। 

कलैयाबाट वीरगन्ज जाँदै गरेको बिआर ०५ ए आर ५१५१ भारतीय नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्हरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका दुवैलाई सुरुमा नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि थप उपचारका लागि एनएमसी अस्पतालमा रिफर गरिएको थियो।

उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीको भनाइ छ। ठक्कर दिने जिप र त्यसमा सवार तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिएए घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।  

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, माघ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्