Kathmandu Press

झापा जिल्लाभित्र सबैभन्दा बढी जनसङ्ख्या मेचीनगरमा

झापा, माघ १३ : राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ। मेचीनगरको जनसङ्ख्या एक लाख ३१...
झापा जिल्लाभित्र सबैभन्दा बढी जनसङ्ख्या मेचीनगरमा

झापा, माघ १३ : राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ। 

मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ । विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ। 

Hardik ivf

सबैभन्दा सानो पालिका हल्दिबारी हो जसको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ । बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अर्जुनधारा (८४,४२९), बाह्रदशी (३७,९१६), भद्रपुर (७०,८२३), बुद्धशान्ति (५२,९११), गौरादह (६०,५९८), गौरीगञ्ज (३६,०५८), हल्दिबारी (३३,०५४), झापा (३९,३७२), कचनाकबल (३९,३७२), कमल (५३,७१०), कनकाई (५३,०८८) र शिवसताक्षी (७३,४६०) रहेको छ। 

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ । जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ रहेको छ। 

प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, माघ १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्