Kathmandu Press

माघ १८ बाट भूमिआयोगले चितवनमा काम गर्ने

माघ १८ बाट भूमिआयोगले चितवनमा काम गर्ने

चितवन, माघ १३ : राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ ।

आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेको हो। 

Hardik ivf

सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइटसहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उनले जानकारी दिए भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन्।  

महानगरबाट काम थालेसँगै कालिका नगरपालिका र माडी नगरपालिकाले सरकारसँग सम्झौता गरिसकेकाले ती पालिकामा पनि तत्काल काम अघि बढ्ने उनले बताए। काम सुरु गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइसमेत गर्ने तिमिल्सिनाले बताए।

तत्कालीन जिल्ला विकास समितिका उपसभापतिसमेत भइसक्नु भएका तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवथाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे।

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, माघ १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्