भायनेटले ल्यायो दशै-तिहार उपहार
काठमाडौं, भदौ २६ : इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले दशैं–तिहारको अवसरमा नयाँ उपचार योजना ल्याएको छ।
भायनेटले बिही....

काठमाडौं, भदौ २६ : इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले दशैं–तिहारको अवसरमा नयाँ उपचार योजना ल्याएको छ।
भायनेटले बिहीबारदेखि नै लागू हुने गरी उपभोक्ताका लागि ‘भायनेट दशै तिहार टीभीको उपहार’ नाम नयाँ योजना ल्याएको हो। यस अन्तर्गत भायनेटका ग्राहकले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएको नेटटीभीसँगै स्काइवर्थको ३२ र ४० इन्चको टीभी छुटमा पाउने छन्।
वार्षिक २५ हजार नौ सय ९० रुपैयाँमा उपभोक्ताले ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटीभीसँगै स्काइवर्थको ३२ इन्च टीभी पाउनेछन्। यससँगै स्काइवर्थको ४० इन्च टि.भि र इन्टरनेटको कम्बो प्याक पनि ल्याएको छ।
त्यस्तै, वार्षिक ३४ हजार पाँच सय ४५ रुपैयाँमा ५० एमबीपीएस स्पिडको इन्टरनेट र २३० भन्दा बढी च्यानल भएको नेटटीभीसँगै स्काइवर्थको ४० इन्च टीभी पाउनेछन्। यसमा दुई सय उपभोक्ताले थप एक हजार चार सय ७५ रुपैयाँ छुट पाउनेछन्।










-1754206481.jpg)
