अफ्रिका कप अफ नेसन्स : पेनाल्टीमा जित निकाल्दै इजिप्ट र गिनी क्वार्टरफाइनलमा
काठमाडाैं, माघ १३ : इजिप्ट र गिनी क्यारुनमा जारी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अन्तिम ८मा स्थान सुरक्षित गर्ने क्रममा...
काठमाडाैं, माघ १३ : इजिप्ट र गिनी क्यारुनमा जारी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। अन्तिम ८मा स्थान सुरक्षित गर्ने क्रममा इजिप्ट र गिनी दुवैले बुधबार राति पेनाल्टी सुटआउटका साहरा लिए। इजिप्टले आइभोरी कोस्ट तथा गिनीले मालीलाई हराए।
मोहम्मद सलाहको नेतृत्वमा रहेको इजिप्टले आइभोरी कोस्टलाई पेनाल्टीमा ५–४ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो। निर्धारित ९० र थप गरिएको समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।
पेनाल्टीमा इजिप्टका जिजो, अमर एल सोलिया, ओमार कमाल, मोहमद अब्देल र मोहमद सलाहले गोल गरे भने आइभरी कोष्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गरे गर्दा एरिक बाइको पेनाल्टी प्रहार इजिप्टका गोलकिपरले बचाए।
सन् २०१० पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको इजिप्टले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी अर्को खेलमा गिनीले मालीमाथि सडन डेथमा ६–५को जित निकाल्यो। निर्धारित समय र थप गरिएको समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
सुरुका पाँच पेनाल्टी प्रहारमा दुवै टिमले समान ३ गोल गरेपछि खेल सडन डेथमा गयो । सडन डेथमा मालीका फलाया साको प्रहार गिनीका गोलकिपरले रोकेका पछि गिनी विजयी भयो।











