Kathmandu Press

गाउँमा नपुगेरै फर्कियो संसदीय टोली

काठमाडौं, माघ २० : छाउगोठमा दुई छोरासहित आमाको मृत्यु भएको घटना अध्ययन गर्न बाजुरा गएको संसदीय टोली गाउँमा नपुगेरै फर्किएको छ । हिड्न अप्ठ्यारो भएको भ....

गाउँमा नपुगेरै फर्कियो संसदीय टोली

काठमाडौं, माघ २० : छाउगोठमा दुई छोरासहित आमाको मृत्यु भएको घटना अध्ययन गर्न बाजुरा गएको संसदीय टोली गाउँमा नपुगेरै फर्किएको छ । हिड्न अप्ठ्यारो भएको भन्दै संसदीय टोली गाउँमा नपुगेरै फर्किएको हो ।

पुस २५ गते दुई छोरा नौ वर्षीय सुरेश र सात वर्षीय रमितसँग छाउगोठमा सुतेकी बाजुराको बुढीनन्दा नगरपालिका–९ भूपेचौरकी अम्बा बोहराको आगलागीमा परेर छाउगोठमै मृत्यु भएको थियो । त्यो घटनासहित छाउपडी प्रथाका बारेमा अध्ययन गर्न प्रतिनिधिसभाको महिला तथा सामाजिक विकास समितिले सांसद गणेश ठगुन्नाको नेतृत्वमा टोली खटाएको थियो ।

टोलीमा सांसदहरू लालबहादुर थापा, अमृता थापामगर, गङ्गा चौधरी, विमला नेपाली, रुहिनाज मिकरानी र यूएनडिपीका दिलादत्त पन्त रहेका थिए । संसदीय टोली घटनास्थल नपुगेर सदरमुकाम मार्तडी निजकैकाे बडिमालिका नगरपालिका-७ ढम्कने पुगेर फर्कएकाे हाे ।

हिमपातका कारण गाउँमा पुग्न नसकिएको टोली संयोजक ठगुन्नाले बताए । ‘‘बाक्लो हिउँ परेर गाडी नै जान सकेन । तर, पीडित परिवार र अन्य स्थानीयलाई बोलाएर सदरमुकाममै छलफल भने गर्न सक्यौ,” सांसद ठगुन्नाले भने ।

बाजुरा पुगेको संसदीय टोलीले सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी प्रथा यथावत रहेको जनाएको छ । देवता रिसाउने डरले महिनावारी हुँदा महिलालाई घरमा नराख्ने गरेको पाइएको सांसद ठगुन्नाको भनाइ छ ।

‘‘पढेलेखेका व्यक्तिले पनि छाउगोडमै राख्ने गरेको पाइयो,” संसदीय टोली संयोजक ठगुन्नाले काठमाडौं प्रेससँग भने, ‘‘अब संघ संस्थाको भर परेर हुदैन । छाउपडी प्रथा हटाउँन सुदरपश्चिम र कर्णाली प्रदेशमा केन्द्र र प्रदेस सरकारले अभियान चलाउनै पर्छ ।”

 

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, माघ २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्