राष्ट्रिय सभा निर्वाचन : बाग्मती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी
महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेका छन् ।
काठमाडौं, माघ १२ : राष्ट्रिय सभा सदस्यका लागि बाग्मती प्रदेशमा भएको निर्वाचनबाट सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनतर्फबाट नेकपा एकिकृत समाजवादीकी उम्मेदवार गोमादेवी तिमिल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।
महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिष्पर्धा नेकपा एमालेकी उम्मेदवार निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेका छन् ।
त्यस्तै नेमकिपाका महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी अन्य सदस्य पदमा गठबन्धन दलका उम्मेदवार कृष्ण प्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गरेका छन भने उनका निकटतम एमालेका उमेदवार गोपाल शाक्यले ४३४४ मतभार प्राप्त गरेका छन् भने
नेमकिपाका उम्मेदवार कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










