Kathmandu Press

पत्रकार एलबी विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीकाे आर्थिक सहयोग

काठमाडौं, माघ १२ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पत्रकार एलबी विश्वकर्माको परिवारलाई आर्थिक सहयोग गरेकी छन।समयमै उपचार नपाएका कारणा पत्रकार विश्वकर्माको एक साताअघि निधन...
पत्रकार एलबी विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीकाे आर्थिक सहयोग

काठमाडौं, माघ १२ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पत्रकार एलबी विश्वकर्माको परिवारलाई आर्थिक सहयोग गरेकी छन।

समयमै उपचार नपाएका कारणा पत्रकार विश्वकर्माको एक साताअघि निधन भएके थियो।

मन्त्री झाँक्रीले पत्रकार विश्वकर्माको परिवारलाई आफ्नो तलबको आधा रकम दिएको उनको सचिवालयले जनाएको छ।

विश्वकर्माकी पत्नीको अछाममा रहेको नबिल बैंकको खातामा मन्त्री झँक्रीले रकम ट्रान्सफर गरिदिएको सचिवालयको भनाइ छ।

पत्रकार विश्वकर्मा टिभी टुडेमा कार्यरत थिए।

प्रकाशित मिति: १७:१९ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्