Kathmandu Press

मोरिससविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा

काठमाडौं, माघ १२ : अफ्रिकी मुलुक मोरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार बन्द प्रशिक्षणमा...
मोरिससविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा

काठमाडौं, माघ १२ : अफ्रिकी मुलुक मोरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडीबा टिम घोषणा गरहेका छन्।

अलमुताइरीले २ मैत्रीपूर्ण खेलका लागि दुई फरक टिम घोषणा गरेका छन् । उनले नयाँ खेलाडीलाई एक्सपोजर दिनका लागि दुई खेलका दुई फरक टिम घोषणा गरिएको बताएका छन्।

बुधबार घोषणा गरिएको टिममा भेट्रान मिडफिल्डर जगजित श्रेष्ठ र स्ट्राइकर विमल घर्तिमगरले पनि स्थान बनाएका छन् । जारी ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका श्रेष्ठले ७ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। उनले अन्तिम पटक सन् २०१५मा राष्ट्रिय टिममा खेलेका थिए। 

यस्तै, विमल भने तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन् । सन् २०१९ यता विवाद र चोटका कारण उनी राष्ट्रिय टिमबाट बाहिर थिए।

नेपालले माघ १५ र १८ गते दशरथ रंगशालमा मोरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । 

विमल दुवै खेलको टिममा छन् भने जगजितलाई अलमुताइरीले १५ गते हुने खेलका लागि टिममा बोलाएका हुन्। अलुमताइरीले राष्ट्रिय टिममा ९ जना नयाँ खेलाडीलाई मौका दिएका छन् । जसमा सुदिप गुरुङ, टिकेन्द्र थापा, आकाश बुढा मगर र कृतिश रत्न छुन्जु, शत्रुघन चौधरी, आशिष राई, नविन गुरुङ, सुशिल राई र प्रशान्त अवस्थी छन्। 

यस्तो छ टिम 

१५ गतेका लागि घोषणा गरिएको टिम स् किरण लिम्बु, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल, सुरज ज्यु ठकुरी,सुदिप गुरुङ, सुमन लामा,ताज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी,अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ति मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिस रत्न छुन्जु, जगजित श्रेष्ठ

१८ गतेका लागि घोषणाा गरिएको टिम स् किरण लिम्बु,  विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर,अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी, सन्तोष तामाङ
 

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्