राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका सबै उम्मेदवार विजयी
गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जगत पार्की, नेकपा (एकिकृत समाजवादी)की गरिमा शाह र नेपाली कांग्रेसका नारायण मिश्र विजयी भएका हुन्।काठमाडौं, माघ १२ : राष्ट्रिय सभा सदस्यका लागि सुदूरपश्चिम प्रदेशमा भएको निर्वाचनमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन्। बुधबार अपराह्न सकिएको मतगणनाबाट तीनै जना गठबन्धन दलका उम्मेदवारी विजयी भएका हुन्।
गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जगत पार्की, नेकपा (एकिकृत समाजवादी)की गरिमा शाह र नेपाली कांग्रेसका नारायण मिश्र विजयी भएका हुन्।
एमालेका तीनै जना उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारहरु राष्ट्रिय सभा सदस्य चुनिएका हुन्। एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् ।
मतदानमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।
प्रकाशित मिति: १६:४७ बजे, बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१