Kathmandu Press

डा. बाबुराम भट्टराईलाई दोस्रोपटक कोरोना संक्रमण

काठमाडौं, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई दोस्रोपटक कोरोना संक्रमण भएको छ।पिसिआर परीक्षण गराउँदा आफूलाई कोरोना पोजेटिभ...
डा. बाबुराम भट्टराईलाई दोस्रोपटक कोरोना संक्रमण

काठमाडौं, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई दोस्रोपटक कोरोना संक्रमण भएको छ।

पिसिआर परीक्षण गराउँदा आफूलाई कोरोना पोजेटिभ देखिएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गरामएका छन्।

‘सतर्कता अपनाउँदा अपनाउँदै पनि मलाई दोस्रोपटक कोरोनाको संक्रमण भएको छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला,’ उनले फेसबुकमा लेखेका छन्, ‘लक्षण सामान्य छ। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाका निम्ति क्षमा चाहन्छु।’

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्