Kathmandu Press

राष्ट्रियसभा निर्वाचन वाग्मती : तीन प्रदेश सांसदबाहेक सबैले गरे मतदान, मतगणना पनि सुरू

हेटौंडा, माघ १२ : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि हेटौंडास्थित औद्योगिक क्षेत्रमा गरिएको मतदान सम्पन्न भएको छ।मतदानमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधि...
राष्ट्रियसभा निर्वाचन वाग्मती : तीन प्रदेश सांसदबाहेक सबैले गरे मतदान, मतगणना पनि सुरू

हेटौंडा, माघ १२ : वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि हेटौंडास्थित औद्योगिक क्षेत्रमा गरिएको मतदान सम्पन्न भएको छ।

मतदानमा १०६ प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधि गरी ३४३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन्। तीनजना भने मतदानमा सहभागी नभएको जनाइएको छ। ती सबै विवेकशील साझाका प्रदेशसभा सदस्य हुन्।

वाग्मती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्यतर्फ गरी २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। सत्तारुढ गठबन्धनका २, एमालेका २ जना र नेपाल मजदुर किसान पार्टीका २ गरी ६ जनाले उम्मेदवारी दिएका छन्।

आवश्यक प्रक्रिया पूरा गरेर केही बेरमा मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन सकिएको एक घन्टा नबित्दै मत गणना पनि सुरु भइसकेको छ। 

प्रकाशित मिति: १६:१० बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्