राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतदान सकियो, मतगणना सुरु गर्ने तयारी
काठमाडौं, माघ १२ : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान सकिएको छ। धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो करिब...काठमाडौं, माघ १२ : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान सकिएको छ। धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो करिब सवा २ बजे सकिएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिएका छन्।
निर्वाचनमा प्रदेशसभाका सबै ५२ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १७५ मत खसेको भट्टले जानकारी दिए । मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ । अहिले मुचुल्का उठाउने काम भइरहेको उनले बताएका छन्।
तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा छन् ।
गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) उम्मेदवार छन् भने एमालेबाट अन्यमा डिल्लीराज भट्ट, दलितमा नरेश विक र महिलामा सन्तोषकुमारी शर्मा थापा उम्मेदवार छन्।