Kathmandu Press

पहिरोमा पुरिएर रसुवामा एकजनाको मृत्यु

पहिरोमा पुरिएर रसुवामा एकजनाको मृत्यु

रसुवा, माघ १२ : रसुवामा आज (बुधवार) बिहान सुक्खा पहिरोमा पुरिएर एकजनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन्।

जिल्लाको आमाछोदिङमो गाउँपालिका-५ गोङगाङमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेमा रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–६ ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेको प्हरीले जनाएको छ।

घाइते हुनेमा स्थानीय कार्साङ लामा छन्। उनलाई उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ। उनलाइ काठमाडौं लैजाने तयारी गरिएको छ। मौसम खराब भएका कारण हेलिकप्टर आउन नसकेको जनाइएको छ।

उनीहरू दुवैजना सडकमा ग्याबिन पर्खाल लगाउने काम गर्थे। 

प्रकाशित मिति: १४:०३ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्