Kathmandu Press

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुर, माघ १२ : चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ। चितुवामाथि निगरानी राख्न...
चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुर, माघ १२ : चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ।
 
चितुवामाथि निगरानी राख्न दुई वटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए। 

‘चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं,’ उनले भने, ‘चितुवा कुन ठाउँबाट बस्ती पस्छ, त्यसबारेमा समेत जानकारी हुन्छ, चितुवाको प्रजाति पत्ता लागेपछि विशेषज्ञ बोलाएर नियन्त्रण गर्न सहज हुन्छ।’

निकुञ्ज कार्यालयबाट अरु क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उनले बताए। चितुवाले दुई सातादेखि सो नगरपालिकाका–१ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही सङ्ख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ।

मंगलबार राति मात्रै वडा १ का हर्के सार्कीका चार गोठमा बाँधेका बाख्रा चितुवाले मारेर नोक्सानी पु¥याएको छ। निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत, प्रहरी उपरीक्षक, जनप्रतिनिधिलगायतको टोलीले चितुवाले क्षति पुर्‍याएको क्षेत्रको अवलोकनसमेत गरेका छन्।
 
‘चितुवाले भविष्यमा एक खालको दुर्घटना निम्त्याउने खतरा रहेको छ,’ प्रहरी निरीक्षक बोहराले भने, ‘नियन्त्रण गर्नुबाहेक अर्को विकल्प छैन, त्यसै कुरालाई मध्यनजर गरी स्थानीय बासिन्दालाई सचेत पार्ने कार्य गरेका छौं।’

प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी विद्यमान साधनस्रोतको प्रयोग गरी चितुवा नियन्त्रणका लागि कार्य अगाडि बढाइने उनको भनाइ छ।

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्