Kathmandu Press

नालीमा खसेर चितवनमा एकजनाको मृत्यु

चितवन, माघ १२ : भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले...
नालीमा खसेर चितवनमा एकजनाको मृत्यु

चितवन, माघ १२ : भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज (बुधबार) बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो।

प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। 

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, माघ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्